नियम १३
सुविधा, सहुलियत र उन्मुक्तिमा बन्देज
(१) कुनै मितराष्ट्रले कुनै व्यक्तिलाई नेपालको कुनै कन्सुलर क्षेत्रका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेमा त्यस्ता अवैतनिक वाणिज्यदूतलाई प्रदान गरिने सुविधा, सहुलियत र उन्मुक्ति महासन्धिको अधीनमा रही पारस्पारिकताका आधारमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम दिएको सुविधा, सहुलियत वा उन्मुक्ति कुनै अवैतनिक वाणिज्यदूतले दुरुपयोग गरेको पाइएमा मन्त्रालयले त्यस्तो सुविधा, सहुलियत वा उन्मुक्ति जुनसुकै बखत रद्द गर्न सक्नेछ ।
(३) नियम १४ बमोजिमको पदावधि समाप्त भएपछि अवैतनिक वाणिज्यदूतको पुनर्नियुक्ति वा पदावधि थप नभएमा निजले पाएको सुविधा, सहुलियत र उन्मुक्ति स्वतः समाप्त हुनेछ ।